Jagaran Times १० कार्तिक २०८३, मङ्गलवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

भोटेकोशी बाढी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन

जागरण न्यूजरुम जागरण न्यूजरुम २२ भदौ २०८३, सोमवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन् ।

अवलोकनका क्रममा उनले नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालासँग भेट गरी पछिल्लो अवस्थाबारे जानकारी लिए ।

राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टरको सञ्चालन तथा पुनरुत्थानका लागि भइरहेका प्रयासबारे जानकारी गराइएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाको स्थलगत अवलोकन तथा अवस्थाबारे जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ लागेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्था बुझेका हुन् ।

लेखकको बारेमा

जागरण न्यूजरुम

जागरण न्यूजरुम

समयसँगै जनताको आवाज

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

;

सम्बन्धित खबरहरु

भोटेकोशी बाढी पीडितका लागि जिरी नगरपालिकाले  १७ लाख ८५ हजार सहयोग गर्ने

भोटेकोशी बाढी पीडितका लागि जिरी नगरपालिकाले १७ लाख ८५ हजार सहयोग गर्ने

दोलखा कांग्रेसले ११३ औं वीपी जयन्ती मनायो

दोलखा कांग्रेसले ११३ औं वीपी जयन्ती मनायो

भोटेकोशी बाढी पीडितका लागि भीमेश्वर नगरपालिकाको राहत घोषणा: करिब ३१ लाख सहयोग गर्ने

भोटेकोशी बाढी पीडितका लागि भीमेश्वर नगरपालिकाको राहत घोषणा: करिब ३१ लाख सहयोग गर्ने

११ दिनपछि बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

११ दिनपछि बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार

छुटाउनु भयो कि?

थप