Jagaran Times १० कार्तिक २०८३, मङ्गलवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

दोलखा कांग्रेसले ११३ औं वीपी जयन्ती मनायो

वीपी कोइरालाको योगदान र त्याग अतुलनीय रहेको वक्ताको जोड

डम्बर चौलागाईं डम्बर चौलागाईं २४ भदौ २०८३, बुधवार
दोलखा कांग्रेसले ११३ औं वीपी जयन्ती मनायो

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

चरिकोट। नेपाली कांग्रेस दोलखाले विविध कार्यक्रमका साथ ११३ औं वीपी जयन्ती मनाएको छ। बुधबार दोलखा कांग्रेसको पार्टी कार्यालय चरिकोटमा आयोजित एक विशेष समारोहका बीच वीपी  जयन्ती मनाइएको हो।

नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दोलखा कांग्रेसका नेता तथा भीमेश्वर नगरपालिकाका प्रमुख (मेयर) ईश्वरनारायण मानन्धर लगायत जिल्लास्थित उपलब्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति वर्मा लामाले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी) को योगदान र त्यागको स्मरण गर्नुभयो। उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि बिपी कोइरालाले खेलेको भूमिका इतिहासमै अतुलनीय रहेको बताउनुभयो।

सभापति लामाले वीपीले अघि सार्नुभएको 'राष्ट्रिय मेलमिलापको नीति' आजको राजनीतिमा झनै सान्दर्भिक बनेको उल्लेख गर्दै भन्नुभयो, वीपी सधैं जनताको सच्चा सेवक बनेर नेपाली जनताको हक-अधिकारका लागि लड्नुभयो। उहाँको यही विचार र निष्ठालाई आत्मसात् गर्दै अघि बढ्नु नै आज वीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।"

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर लगायत अन्य नेताहरूले पनि वीपीको  प्रजातान्त्रिक समाजवाद, विचार र विचारप्रतिको निष्ठाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो। उपस्थित नेता-कार्यकर्ताहरूले वीपीको तस्बिरमा माल्यार्पण गर्दै उहाँको विचार र आदर्शलाई सधैं जीवन्त राख्ने प्रतिबद्धता जनाएका छन्।

 

 

 

 

 

लेखकको बारेमा

डम्बर चौलागाईं

डम्बर चौलागाईं

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

;

सम्बन्धित खबरहरु

भोटेकोशी बाढी पीडितका लागि जिरी नगरपालिकाले  १७ लाख ८५ हजार सहयोग गर्ने

भोटेकोशी बाढी पीडितका लागि जिरी नगरपालिकाले १७ लाख ८५ हजार सहयोग गर्ने

भोटेकोशी बाढी पीडितका लागि भीमेश्वर नगरपालिकाको राहत घोषणा: करिब ३१ लाख सहयोग गर्ने

भोटेकोशी बाढी पीडितका लागि भीमेश्वर नगरपालिकाको राहत घोषणा: करिब ३१ लाख सहयोग गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन

११ दिनपछि बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

११ दिनपछि बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार

छुटाउनु भयो कि?

थप