भोटेकोशी बाढी पीडितका लागि जिरी नगरपालिकाले १७ लाख ८५ हजार सहयोग गर्ने
बेपत्ता परिवारलाई ५० हजार सहयोगको घोषणा
रोशिला खड्का
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्जिरी। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई जिरी नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको यही भदौ २३ गते बसेको बैठकले उद्धार, राहत तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रु १७ लाख ८५ हजार उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै, बाढीका कारण जिरी नगरपालिकामा स्थायी बसोबास भई हाल बेपत्ता रहेका व्यक्तिका परिवारहरूलाई प्रतिपरिवार रु ५०,००० (पचास हजार) राहत स्वरूप उपलब्ध गराइने जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको प्रति दुख व्यक्त गर्दै नगरपालिकाले मृतकहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना समेत गरेको छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!