भोटेकोशी बाढी पीडितका लागि भीमेश्वर नगरपालिकाको राहत घोषणा: करिब ३१ लाख सहयोग गर्ने
डम्बर चौलागाईं
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्दोलखा। भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि दोलखाको भीमेश्वर नगरपालिकाले करिब ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नगरपालिकाले कुल ३० लाख ६२ हजार ५ सय ७८ रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।
नगर कार्यपालिकाको बैठकले नगरभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको तलब/सुविधाबाट निश्चित दिनको रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। नगरप्रमुख ईश्वरनारायण मानन्धरले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको आधिकारिक जानकारी दिएका हुन्।
कसको योगदान कति?
जनप्रतिनिधि: खाइपाइ आएको सुविधाको ७ दिनको रकम
अधिकृतस्तर तथा राजपत्रांकित द्वितीय (वा सोसरह) कर्मचारी: ७ दिनको तलब
सहायकस्तरका कर्मचारी: ५ दिनको तलब।
श्रेणीविहीन कर्मचारी: मासिक सुरु तलब स्केलको २ दिनको रकम।
शिक्षक वर्ग: श्रेणीअनुसार नेपाल सरकारको निर्णयबमोजिमको तलब।
संकलित उक्त सम्पूर्ण रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरिने नगरप्रमुख मानन्धरले बताएका छन्।
पीडित र घाइतेलाई थप व्यक्तिगत राहत
बाढीबाट प्रभावित बनेका भीमेश्वर नगरपालिकाभित्रका स्थानीयवासीका लागि नगरपालिकाले छुट्टै राहत प्याकेजसमेत घोषणा गरेको छ:
मृतक तथा बेपत्ता परिवारलाई: प्रतिपरिवार रु. १ लाख राहत।
घाइते नागरिकहरूलाई: प्रतिव्यक्ति रु. २५ हजार उपचार खर्च।
प्राकृतिक विपत्तिको यस घडीमा पीडित परिवारको मलम बन्न र पुनःस्थापनामा सहयोग पुर्याउन नगरपालिकाले यो कदम चालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!